आज बोलेरोको ठक्करले मनहरीका श्रेष्ठको मृत्यु

लोकखबर
९ मंसिर २०७८, बिहीबार १६:३३

मकवानपुर । बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बागमती प्रदेश ०३–००१ च १३७५ नम्बरको बोलेरोको ठक्करबाट मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी ४४ वर्षीय रघुनाथ श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराति पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका वडा नम्बर २ मा भण्डाराबाट लोथरतर्फ जाँदै गरेको बोलेरोले श्रेष्ठलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

ठक्कर दिने बोलेरो प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार भएका छन् । दुर्घटना पछि स्थानीयहरुले सडक अबरुद्ध गरेका थिए।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*