अहिले पनि रोकिएको छ गाडी (फोटो फिचर)

रन्धिर साह
२०७८ मंसिर १०, शुक्रबार २०:४९

मकवानपुर । चितवनमा आज भएको नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुनका लागि प्रदेश नम्बर २ को चःपुर, निजगढ, सिमरा, पथलैया, रातोमाटे र हेटौंडादेखि चितवनसम्मको सडकहरुमा अहिले पनि गाडी रोकिएको छ।

 चितवन जानका लागि आएका प्रतिनिधि र सर्वसाधारणहरु चढेको सवारीसाधान महाधिवेशन स्थलसम्म पुग्नका लागि हरेक चोक चोकमा ठूला गाडीहरु रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरिक्षक प्रहरी प्रकाश पाँण्डेका अनुसार बस र ट्रक ठुलो गाडी भएका कारण बाटोमा बिस्तारै हिडने गरेको देखिन्छ । साथै बाटो साम नहुँनका लागि हामीले यस्तो व्यवस्था मिलाएको हो उनको भनाई छ ।

यती व्यवस्था मिलाएता पनि पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जंगलदेखि रत्ननगरको निपनिसम्म गाडीको जाम लागेको उनले बताए।

भरतपुर प्रवेश गर्न नसकेपछि केही सवारीसाधन फर्किएका छन् भने केही सहभागी हिँडेरै उद्घाटन स्थलतर्फ आइरहेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको