जेसीज सप्ताह कार्यक्रम अन्तर्गत आज उदघोषण तथा शैक्षिक सामग्री वितरण
मकवानपुर । जेसीआई हेटौंडा लेडी जेसीज सप्ताह २०२१ कार्यक्रम अन्तर्गत आज तेस्रो दिन उदघोषण तालिम तथा शैक्षिक सामग्री वितरण गरिएको छ । कार्यक्रम संयाेजक
जेसी सुनिता राई बस्नेत (श्रुति) को सहभागितामा कार्यक्रम संचालन भएको थियो ।
हेटौंडा जिसिज सिनेटर दिपकराज मिश्र
शनिबार बिहान हेटाैडा लेडी जेसीजकाे सप्ताहव्यापी कार्यक्रमको आठौं कार्यक्रम अन्तरगत हेटाैडा उपमहानगरपालिका-१ बाजाे डाडाँमा हेटाैडा लेडीद्वारा संरक्षित जेसीज गाउँ घाेषणा तथा शैक्षिक सामग्री वितरण गरिएको हो । हेटौंडा उपमहानगरपालिकाकी उप-प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
शैक्षिक सामग्री वितरण गर्दै
५० जना बालबालिकाहरुलाइ कपि, कलम तथा बालबालिकाहरुलाइ आवस्यक सामग्री बितरन गरिएको जेसिजको अध्यक्ष प्रतिमा श्रेष्ठले बताए।
यस्तै उदघोषक कार्यक्रमको प्रमुख अतिथि हेटौंडा जिसिज सिनेटर दिपकराज मिश्रले मञ्च वा कुनै कार्यक्रम संचालन गर्नको लागि सबै भन्दा ठुलो भुमिका उदघोषकको रहेको उनले बताए। उनले कार्यक्रममा सहभागी सबैलाइ मञ्चमा कसरी प्रस्तुति गर्ने बारे जनाएको थियो।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१ का अध्यक्ष सबिन न्यौपानेको बिशिस्ट आतिथ्यता रहेको थियो भने जेसिजका पुर्व अध्यक्ष रश्मि बस्नेत, जेसिजका नि वर्तमान अध्यक्ष शुसिला पौडेल लगायतको सहभागिता रहेको थियो ।












































