हेटौंडा उपमहानगरपालिकामा ४० प्रतिशत योजनाको सम्झौताः मेयर महत

लोकखबर
२०७८ मंसिर १३, सोमबार १६:२६

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा गर्ने विकास निर्माण लगायतका कामका योजना मध्ये ४० प्रतिशत योजनाको सम्झौता भएर कार्यान्वयन चरणमा आएको छ ।

उपमहानगरपालिकाको चालु आर्थिक वर्षका लागि नगरसभाले पास गरेका १२ सय योजना मध्येमा ४० प्रतिशत योजनाको सम्झौता भएर कार्यान्वयनमा आएको मेयर हरि बहादुर महतले बताए ।

विकास निर्माणका कामहरु तिब्र गतिमा गर्ने योजना अनुसार धेरै योजना सम्झौता गरेर काम समेत सम्पन्न भइसकेको छ । केहिले भुक्तानी समेत लगिसकेका छन् । केहि योजना भने काम सकेर भुक्तानीको चरणमा गएको मेयर महतले बताए । उपमहानगरपालिका क्षेत्रको कार्यालय भवन परिसर सुदृढीकरणको काम पनि चालु आर्थिक वर्षमा गरिएको छ ।

कार्यालयको पुराना जिर्ण भवन भत्काएर पार्किङका लागि व्यवस्था गरिएको समेत मेयर महतले बताए । उपमहानगरपालिकाका सडक फराकिला, त्यसका फुटपाथमा फूलका विरुवाले सजिएसंगै उपमहानगरपालिका कार्यालयलाई पनि सुन्दरता दिनका लागि काम भइरहेको मेयर महतले बताए ।

पुराना सामानको व्यवस्थापन, नयाँ कार्यालयको प्रशासकीय भवन निर्माणको डीपीआर तयारी काम गर्न लागिएको उनले बताए।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको