मकवानपुरमा अगामी १७ बाट मतदाता नामावली संकलन हुँने

लोकखबर
१३ मंसिर २०७८, सोमबार १७:०२

मकवानपुर । मकवानपुमा दुई चरणमा मतदाता नामावली संकलन गरिने भएको छ ।

बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जिल्लाको १० वटै स्थानीय तहमा ‘मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८ सञ्चालन’ गर्न लागेको हो ।

१८ वर्ष पुरा भएको मतदातामा नामवलीमा नाम नभएकाहरुको संकलन कार्य संचालन गर्न लागिएको कार्यलयले जनाएको छ ।आज जिल्ला प्रशासन कार्यलय मकवानपुरमा राजनीतिक दलहरु, सुरक्षा निकायका प्रमुखहरुसंग अन्तरक्रिया कार्यक्रम गर्दै कार्यलयले यहि मंसिरको अगामी १७ गतेदेखि पुष २ गते सम्म पहिलो चरण र पुष ५ गतेदेखि माघ ५ गतेसम्म दोस्रो चरणमा संकलन गरिने जनाएको छ ।

पहिलो चरणमा मकवानपुरगढी, भीमफेदी, इन्द्रसरोबर, मनहरी र बकैया गाउँपालिकामा मतदाता नामावली संकलन कार्यक्रम गरिने र दोस्रो चरणमा भने जिल्लाको बागमती, राक्सिराङ, कैलाश गाउँपालिका, थाहा नगरपालिकामा कार्यक्रम तय भएको जानकारी दिईएको छ ।

जिल्लाको हेटौंडा उपमहानगरपलिकामा भने जिल्ला प्रशासन कार्यलय र प्रदेश निर्वाचन कार्यालय हेटौंडामा आएर नामावली दर्ता गर्न सकिने कार्यलयले जनाएको छ ।

कार्यलयका तथ्यांकनुसार जिल्लामा २०७८ कात्तिकसम्म २ लाख ८० हजार १ सय ८१ जना मतदाता रहेका छन् जसमा १ लाख ४२ हजार ७ सय ३ जना पुरुष, १ लाख ३७ हजार ४ सय ७२ जना महिला र ६ जना तेस्रो लिङ्गी रहेका छन् ।अन्तरक्रिया कार्यक्रम जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेको अध्यक्षतामा भएको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*