सयुक्त युवा समाजद्धारा विधालयहरुमा शैक्षिक समाग्री वितरण
मकवानपुर । मकवानपुरको बकैयाँ गाउँपालिकामा वडा नम्बर ७ स्थित सयुक्त युवा समाजको आयोजनामा सोमबारदेखि शैक्षिक समाग्री वितरण गर्ने अभियान संचालनमा ल्याइएको छ ।
संस्थाको अध्यक्ष तामांग छोटेलाल जिम्बाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कक्षा १ देखि १० कक्षासम्मको विधार्थीहरुलाई शैक्षिक समाग्री वितरण गरेको थियो । शिक्षा नै जिवनको ज्योति हो सेवा नै धर्म हो भन्ने मुल नाराका साथ कार्यक्रमलाई अडाढी बढाएको उनको भनाई छ । उनका अनुसार शिक्षा नै जिवनको ज्योति हो सेवा नै धर्म हो । आउनुहोस् हातेमालो गरौं तपाइँ हाम्रो सानो सहयोग हौसलाले भोलि केही राहत मिल्छ भने हामी किन मौन बस्ने होइन र ?
गरिब जेहन्दार बिद्यार्थीहरुलाई स्टेसनरीको सामग्री वितरण गर्ने कार्यक्रमलाई अघि सारेर पहिलो कार्यक्रम श्री जनक माध्यमिक बिद्यालय भिरकोटमा आयोजना गरियो थियोे ।
त्यस्तै जनक मावि , पशुपति प्रावि र ज्ञान प्राप्त प्रावि सहित तीन वटा विधयालमा शैक्षिक समाग्री वितरण गरि सकेको तथा आज (मंगलबार) पनि बाँकी भएको सबै विधालयहरुमा सो कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको उनले बताए ।











































