गोल्फिन्टार टोल विकास संस्थाको अध्यक्षमा फुयाँल

लोकखबर
१४ मंसिर २०७८, मंगलवार १६:४७

मकवानपुर । गोल्फिन्टार टोल विकास संस्थाको १० औँ सधारण सभा हेटौंडामा सम्पन्न भएको छ । मंगलबार भएको गोल्फिन्टार टोल विकास संस्थाको १० औँ सधारणसभाले नयाँ कार्यसमिति समेत चयन गरेको छ । अध्यक्ष पदमा रामेश्वर फुयाँल सर्वसमत चयन भएका हुन् ।

यसैगरि उपाध्यक्षमा सानु कान्छी लोप्चन, सचिवमा सरिता कोइराला, कोषाध्यक्षमा केशव हटुवाल सर्वसमत चयन भएका छन् भने सदस्यहरुमा रामचन्द्र ढकाल, पार्वती बानियाँ, देविमायाँ पोख्रेल, शान्ति लामा, इमान सिं तमाङ्ग, दिपकप्रसाद साफकोटा र रुद्रबहादुर अधिकारी सधारण सभामा सर्व सहमत चयन भएका हुन् ।

शेष राज रिमालको अध्यक्षतामा र हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ की जनप्रतिनिधि तथा वडा सदस्य जुना दहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोपाल कुईंकेललाई आर्थिक समिति संयोजकको रुपमा चयन गरिएको छ भने प्रदिप पौंडेल, मेनुका ढकाललाई आर्थिक समिति सदस्यमा चयन गरिएको छ।

कार्यक्रममा हेटौंडा उपमहानगरपाकिका समाज शाखा अधिकृत भैरव कुमाल तथा टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा वडा नम्बर ११ का अध्यक्ष देवकुमार श्रेष्ठको विशिष्ठ आतिथ्यता रहेको थियो । निवार्चन मण्डलमा अध्यक्ष श्रेष्ठ, पत्रकार गोविन्दप्रसाद न्यौंपाने, हेटौंडा ११ सागरपथ टोलविकास संस्थाका अध्यक्ष सुर्यबहादुुर थिंग लगायतको उपस्थिति रहको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*