स्वीटर पाउँदा बालबालिका रमाए

लोकखबर
१४ मंसिर २०७८, मंगलवार २०:१६

मकवानपुर । मकवानपुरको भीमफेदि गाउपालिका स्थित रहेको मण्डल देवी प्राथमिक बिधालयमा अध्ययन रत रहेको १९ जना बालबालिकाहरुलाइ स्काउट उपहार स्वरुप स्वीटर र टोपी पाएका छन् । नेपाल स्काउटको बागमती प्रदेस स्काउट अन्तर्गत स्थानीय स्काउट कार्यालय भीमफेदिले उक्त उपहार साना बालबालिकालाई बाँडेको हो । निर्माण कन्सल्टिङ्ग इन्जिनियर्स संगको सहकार्यमा नानिबाबुलाई उपहार बाँडिएको स्काउट भीमफेदिका संयोजक आशिष अस्लामीली बताए ।

कार्यक्रममा बोल्दै अहिले बालबलिका पढाउन निजि स्कुल र शहर धाउन थालेको र गाउँमा गुणस्तर नभएको भन्ने भ्रम रहेको र आफू पनि सामुदायिक स्कुल पढेर आज यो अवस्था सम्म आइपुगेको पालिकाको उपाध्यक्ष रानाले बताए । बालबालिका जाडोमा न्यानो कपडा बिहिन स्कुल आउने गरेको र भीमफेदी स्काउटले गरेको सामाजिक काम प्रती आफु मोहित भएर स्काउट मार्फत बालबालिकालाई सहयोग गरेको निर्माणका संचालक सन्तोष रानाले बताए ।

उक्त कार्यक्रममा बिधालय वयवस्थापन समिती अध्यक्ष, बिधालयका शिक्षकहरु तथा बिद्यार्थीका अभिभावकहरु सहभागी थिए । कार्यक्रमकै दौरानमा पालिका उपाध्यक्ष रानाले बिधालयको शैक्षिक, भौतिक, प्रशासनिक, पर्याबरणिय गुणस्तर बारे अवलोकन तथा अन्तरकृया समेत गरेको थियो।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*