बजारमा आज यस्तो छ सुनको मूल्य

लोकखबर
२०७८ मंसिर १५, बुधबार १२:२४

काठमाडौं । बुधबार पनि सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ४ सयले घटेर ९१ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाला सुन तोलाको ९१ हजार ९ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रहेको छ ।

त्यसैगरी बुधबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १२०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको