विधार्थीलाई ट्राफिक नियमबारे सचेतना
मकवानपुर । हेटौंडा स्थित ४ रहेको नभोदय शिशु सदन विधालयले आज सानो बालबालिकाहरुलाई ट्राफिक नियम बारे सचेतना मुलक भ्रमण गराएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रकाश पाण्डेको सभाध्यक्षतामा सचेतना मुलक कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा विधालयले थिमद्धारा बालबालिकाहरुलाई ट्राफिक नियमको बारेमा जानकारी गराएको थियोे।
बालबालिकाहरुले विधालयमा ट्राफिक नियम बारे पढेर मात्र नहुँने तथा सो कार्यक्रम पछि बालबालिका आफै सहज रुपमा बाटो काट्न सकिने शिक्षिका अनिता गौंतमले बताए । बालबालिकाहरुले किताबी अध्यय भन्दा हेरेर बढी सिख्ने गरेको उनले बताएकी छिन् ।
ट्राफिक निमय बारे बालबालिकाहरुले बाटो काटने कसरी सुन राम्री भनने गित समेत गाएको थियो । प्रहरी प्रमुख पाण्डेले बालबालिकाहरुलाई बाटो काट्ने क्रममा अपनाउँनु पर्ने सवधानी बारे जनाएको थियो । बाटो काटढा आइरहेको गाडीलाई हाथ देदाउँदै काटनु पर्ने उनले बताए ।
उनले भने प्रत्येक दिन हजारौँ मानिसले विभिन्न किसिमको दुर्घटनामा परेर आफ्नो ज्यान गुमाइराखेका हुन्छन् । विश्वभरि नै सवारी दुर्घटना त झनै सामान्यजस्तै भइसक्यो । त्यसमा पनि अझै हाम्रो जस्तो विकासोन्मुख देशमा त झन् प्रत्येक दिन मानिसहरूले सवारी दुर्घटनामा परेर अकालमा आफ्नो ज्यान गुमाइराखेको हामीले प्रत्यक्ष तथा विभिन्न सामाजिक सञ्जाल र सूचनाका स्रोतहरूमार्फत देख्न र सुन्न सक्छौं ।
कार्यक्रममा शिक्षक शिक्षिका, अभिभावक तथा ट्राफिक प्रहरी लगायतको उपस्थितिमा भएको थियो ।











































