बाटोको खाल्डाखुल्डी पुर्न नसक्नेले विद्युतिय बसको कुरा गर्नु जनतामा भ्रम छर्नु होः मुख्यमन्त्री पाण्डे
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बाटोको खाल्डाखुल्डी समेत पुर्न नसक्नेले बिधुतीय बसको कुरा गरेर जनतालाइ भ्रममा राखेको बताएका छन् । मकवानपुर उद्योग बाणिज्य संघ हेटौडाले बुधबार आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले पूर्वपश्चिम राजमार्गमा परेको खाल्डाखुल्डी समेत पुर्न नसक्ने यसअघिको सरकारले बिधुतीय बस र सुरुङमार्गको नाममा जनताको आँखामा छारो हालिरहेको बताए। अहिले भीमफेदी काठमाडौ बाटो फराकिलो बनाउने काम सुरु भएको उनले जनाएको छ ।
न्यूनतम आवश्यकता समेत पूरा नगरेको र कामै अघि नबढेकोले बिधुतीय बसको निर्णय स्थगित गरिएको पान्डेले बताए। उनले जनताको पैसालाई झ्वाम्म खोलामा फाल्न खोज्नु चैं राष्ट्रघाती भएको बताउदै जनकपुरको रेल जस्तै त्रिपाल ओढाएर राख्नका लागि ल्याउने बिधुतीय बसको कुनै औचित्य नहुने बताएका छन्।
उनले हेटौडा काठमाडौ सुरुग मार्ग ४ बर्ष बिताउने सरकारले गर्न नसकेको बताउदै १८ अर्बको स्टिमेट रहेको यो ठुलो योजना आफुहरुले १ बर्षमा गर्न नसकने बताए । कुनै निजि क्षेत्र आएमा बनाउने अनुमती दिनसक्ने जनाउदै बागमती प्रदेश सरकारले एक रुपैया पनि दिन सक्ने अबस्था नरहेको बताएका हुन् । आगामी मंसीर १९ गते क्याबिनेट बैठक बोलाएर बाटो स्तरिकरण, ट्राफिक व्यवस्थापन, लगाएतका बिषयमा निर्णय गरिने बताए ।
सडकको सेन्टर लाइनबाट दायाँबायाँ २५ मिटर सडक फराकिलो बनाउनु पर्नेमा उनको भनाइ छ । तर बैकल्पिक बाटो खोजेर जनताको चाहना अनुसार अघि बढ्ने मुख्यमन्त्री पान्डेको उनको भनाईछ । प्रदेश भित्र रहेका औद्योगिक क्षेत्र बाउआमा नभएको सन्तान जस्तो भएको बताउदै मुख्यमन्त्री पाण्डेले यसको समस्याहरु उधोग ब्यबसायीहरुले आफुकहाँ लिएर आएमा समस्या समाधानमा जोडदिने बताए। मउबा संघका अध्यक्ष कृष्णकुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष अग्रवालले सडक बिस्तारको समस्या, नापतौलको समस्या, दोस्रो औद्योगिक क्षेत्र बिस्तार हुन नसकेको अबस्थाका बारेमा मुख्यमन्त्री पाण्डेलाई ध्यानकर्षण गराएको थियो। सरकारले निजि क्षेत्रका नयाँ उद्योग आउने अवस्था निर्माण गर्नुपर्नेमा जोड दिदै हेटौडाको सडक बिस्तारमा १६ मिटर छोड्न आफुहरु तयार रहेको बताए।
नापतौल कार्यालय हेटौंडामा आवश्यक रहेको भन्दै उनले यसको ततकाल आवश्यक कदम चाल्न प्रदेश सरकार समक्ष अनुरोध गरेको छ । कार्यक्रममा नेपाल उधोग बाणिज्य संघका केन्द्रिय सदस्य अरुणराज सुमार्गीले निजि क्षेत्रका ब्यबसायीहरु कोरोना महामारीबाट समस्यामा परेको बताउदै प्रदेश सरकारले बिशेष राहत प्याकेज ल्याउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा प्रदेश सरकारका मन्त्री तथा संघका पदाधिकारीहरु उपस्थित रहेका थियो ।











































