राष्ट्रपति भण्डारीको यात्रा आज लुम्बिनी तिर

लोकखबर
२०७८ मंसिर १६, बिहीबार १०:०९

राष्ट्रपति विद्यादेवी भण्डारीको यात्रा आज लुम्बिनी तिर रहेकी छिन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीमा प्रथम त्रियान प्रज्ञा सम्मेलन बुधबारबाट नै सुरु भएको भएको छ ।

सोही सम्मेलनको मुख्य समारोहको उदघाटन गर्न राष्ट्रपति भण्डारी लुम्बिनी जान लागेकी हुन् ।

त्रियान सम्मेलन विश्वविद्यालयले बौद्ध संस्कृति र समृद्धि तथा बौद्ध शिक्षण पद्धतिमा केन्द्रित रहेर आयोजना गरेको हो ।

आज दिउँसो १ बजे राष्ट्रपति भण्डारीले सम्मेलनको उदघाटन गर्ने कार्यक्रम रहेको छ । यस्तै राष्ट्रपति भण्डारीले कपिलवस्तुको बाणगंगास्थित कैलाश आश्रमको निरीक्षण गर्ने पनि कार्यक्रम रहेको छ ।

लुम्बिनीमा आयोजित त्रियान सम्मेलनमा नेपालका बौद्ध विद्धान तथा अनुसन्धानकर्ताहरुको सहभागी छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको