माओवादी केन्द्र बागमतीको अध्यक्षमा बल

लोकखबर
२०७८ मंसिर १६, बिहीबार १०:२२

मकवानपुर । नेकपा (माओवादी केन्द्र) बागमती गाउँपालिका कमिटीको अध्यक्षमा अरुण बल सर्वसम्मत चयन भएको छ । बागमती– ४ झुरझुरेमा बुधबार सम्पन्न भएको सम्मेलनले बल अध्यक्ष रहनेगरी सर्वसम्मत ५३ सदस्यीय कमिटी चयन गरिएको हो ।

यसैगरी, कमिटीको उपाध्यक्षमा बलबहादुर पाख्रिन, सुनिता बच्चु खड्का चयन भएकोमा एक उपाध्यक्ष पछि चयन गरिने भएको छ । सचिवमा रहर सिँह थिङ, सह–सचिवमा असोक न्यासुर, कोषाध्यक्षमा कार्साङ पाख्रिन चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा बिमल थिङ, क्षेत्र बहादुर राना, प्रभात गोले, माधब घोरासैनी, जीबन पहरि, शुक्रमान राइ, डोलिमाया विक, भगवति माझी, टल्की मायाँ पहरि, हरि मायाँ पाख्रिन, सुनिता बज्यू, यहुन्ना राइ लगायत चयन भएका छन् ।

माओवादी केन्द्रको केन्द्रीय निर्देशन अनुसार हाल स्थानीय पालिकाहरुको सम्मेलन भइरहेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको