अरुण तेस्रो जलविद्युतमा काम गर्ने एक मजदुरको मृत्यु

लोकखबर
२०७८ मंसिर १६, बिहीबार १६:१५

सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा काम गर्ने एक जना मजदुरको ढुङ्गा थिचेर ज्यान गएको छ ।

चिचिला गाउँपालिका–३ सोलाखानीमा रहेको सुरुङ भित्र काम गर्ने क्रममा ढुङ्गा खसेर लाग्दा भारत मध्यप्रदेश घर भएका मुगेरीलाल सिंहको ज्यान गएको हो ।

गएराति सुरुङभित्र काम गर्ने क्रममा ढुङ्गा खसेर लाग्दा घाइते हुनुभएका सिंहलाई थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको थियो ।

जिल्ला अस्पताल खाँदबारीमा उपचारका क्रममा उहाँको आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको