एमाले केन्द्रीय सदस्य निर्वाचित भएकालाई मकवानपुर एमालेद्धारा सम्मान
मकवानपुर । नेकपा एमालेको चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनमा मकवानपुर जिल्लाबाट विजयी भएका ४ जना केन्द्रीय सदस्यहरुलाई नेकपा एमाले मकवानपुर जिल्ला कमिटी र हेटौंडा नगर कमिटीले सम्मान गरेको छ ।
आज हेटौंडा-५ स्थित एमाले मकवानपुरको पार्टी कार्यलयमा भएको कार्यक्रममा अध्यक्ष बद्री लम्सालले टिका,खादा तथा डायरी प्रदान गरेर केन्द्रीय सदस्यहरुलाई सम्मान गरेका हुन् ।

यसैगरि,नगर अध्यक्ष शाालिकराम पुडासैनीले निर्वाचित केन्द्रीय सदस्यहरुलाई फोटो सहितको फ्रेम प्रदान गरे । १० औं राष्ट्रिय महाधिवेशनबाट मकवानपुरका रामेश्वर राना, कृष्ण प्रसाद दाहाल, जुनेली श्रेष्ठ र भारती पाठक निर्वाचित भएका थिए ।
सम्ममान कार्यक्रममा नेकपा एमाले बागमती सदस्यहरु,जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु, नगर कमिटीका पदाधिकारी तथा सदस्यहरु लगाएत विभिन्न जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।











































