प्रदेश सरकारले गरे आफ्नो न्यूनतम साझा कार्यक्रम सार्वजनिक

लोकखबर
२०७८ मंसिर १६, बिहीबार १६:४७

मकवानपुर । बागमती प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । गठबन्धनमा आवद्ध दलहरूसँगको छलफलपछि प्रदेश सरकारले बिहिबार (आज) आफ्नो न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो ।

प्रदेशसभा सदस्य युवराज दुलालको संयोजकत्वमा रहेको बागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलले अध्ययन र छलफलबाट तयार परेको सरकारको न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।कार्यदलले कोभिड–१९ को महामारीबाट प्रदेशवासीको जीवन रक्षा, संविधानको सर्वोच्चता, सुशासन, संघीयता कार्यान्वयनमा प्रदेश सरकारको भूमिका, गुणस्तरीय शिक्षा, आर्थिक सामाजिक रुपान्तरण, कृषि तथा उत्पादनमूखी अर्थतन्त्र, आपूर्ति व्यवस्थामा सुधार, महङ्गी नियन्त्रण र प्राकृतिक प्रकोपबाट पीडित नागरिकको पुनःस्थापना जस्ता कार्यक्रम प्राथमिकतामा राखिएको संयोजक दुलालले बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको