बागमती प्रदेश सभापतिमा बानियाँले गरे आफ्नो प्यानल घोषणा
मकवानपुर । नेपाली कांग्रेसको १४औ महाधिवेशन अन्तर्गत बागमती प्रदेशको प्रथम अधिवेशनमा बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँले पार्टी सभापति शेर बहादुर देउवा पक्षबाट आफ्नो प्यानल घोषणा गरेका छन् ।
इन्द्रबहादुर बानियाँले केहिबेर अघि पत्रकार सम्मेलन गर्दै देउवा पक्षबाट आफ्नो नेतृत्वमा प्यानल घोषणा गरेका हुन् ।
यि हुन् बानियाँ प्यालनका उम्मेद्वारहरु
सभापतिः
इन्द्रबहादुर बानियाँ
उपसभापतिहरुः
मदन कृष्ण श्रेष्ठ, धर्मराज गौतम
महामन्त्रीहरुः
राजु श्रेष्ठ तिलक रुवाली
सह–महामन्त्रीहरुः
हरिशरण श्रेष्ठ महेन्द्र थिङ र निरु खड्का
यसअघि,बिहिबार हिजो साँझ सस्थापन इतरको समूहबाट जगदिश्वर नरसिंह केसीले बागमती प्रदेश सभापतिको लागि आफ्नो प्यानल सार्वजनिक गरेका थिए ।
उनले आफ्नो प्यानलमा उपसभापतिहरुमा मोहनबहादुर बस्नेत र राजेन्द्र बुर्लाकोटी, महामन्त्रीहरुमा कञ्चनबादे श्रेष्ठ र माईकल रामचन्द्र अर्याल रहेको जानकारी दिएका थिए ।
अधिवेशनअन्तर्गत आज मनाेनयन दर्ता गरी अन्तिम उम्मेदवारकाे नामावली सार्वजनिक हुनेछ । भाेलि बिहान ९ बजेदेखि ४ बजेसम्म मतदान हुनेछ । करिब २ हजार १ सय प्रदेश प्रतिनिधिले मतदान गर्नेछन् ।











































