बानिया भन्छन्–‘कांग्रेसलाई सशक्त बनाउँन हाम्रो उम्मेद्वारी ’

लोकखबर
२०७८ मंसिर १७, शुक्रबार १२:४३

मकवानपुर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बागमती प्रदेशको अधिवेशनमा सभापतिमा उम्मेद्वारी घोषणा गरेका ईन्द्रबहादुर बानियाँले कांग्रेसलाई शसक्त बनाउनका लागि आफ्नो उम्मेद्वारी रहने बताएका छन् ।

उनले आफ्नो नेतृत्वमा प्यानल घोषणा गर्दै बागमती प्रदेशमा नेपाली कांग्रेसलाई जनताको माझ स्थापित गर्नका लागि आफूहरुको उम्मेद्वारी रहेको बताए ।
कांग्रेसले जनताको राजनीतिक अवस्था तथा राजादेखि राणासम्म शान्ति प्रक्रिया,माओवादीदेखि अहिले मुलुकको व्यवस्था परिवर्तन र राजनीतिक परिवर्तनमा नेपाली कांग्रेसको ठूलो र लामो इतिहास रहेको बताए । उनले अब आर्थिक परिवर्तन आवश्यक परेको चर्चा गर्दै बागमती प्रदेशलाई कसरी समृद्द बनाउँने भन्नेमा ध्यान दिइने बताए ।

बानियाँले बागमती प्रदेशलाई समृद्द बनाउनका लागि र आम प्रदेशबासीले आफ्नो नजिकको पार्टी कांग्रेस हो भन्ने अनुभूति दिलाउनका लागि आफूहरुको उम्मेदवारी रहने बताए । बानियाले लामो संघर्ष र बलिदानबाट प्राप्त व्यवस्थालाई चलायमान गर्दै सबै जाति धर्म, वर्ग, लिंगको उत्थान गर्दै समृद्द प्रदेश निर्माणमा आफूहरुले भूमिका खेल्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

 

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको