कांग्रेसको बागमती प्रदेश अधिवेशनः दोस्रो चरणमा बानियाँलाई प्रधानले सहयोग गर्ने

लोकखबर
२०७८ मंसिर १९, आईतवार १२:४४

मकवानपुर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि दोस्रो चरणको निर्वाचनमा सभापति पदका उम्मेदवार ईन्द्रबहादुर बानियाँलाई भीमसेन दास प्रधानले सहयोग गर्ने भएको छ । पहिलो चरणको निर्वाचनमा तेस्रो स्थानमा रहेका प्रधानले पहिलो स्थानमा रहेका बानियाँलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।

नेपाली कांग्रेको विधानअनुसार सभापति पदमा निर्वाचित हुन ५१ प्रतिशत मत ल्याउनुपर्ने छ। बागमती प्रदेश समितिको सभापति पदका लागि शनिबार भएको मतदानमा २ हजार ८३ मत खस्दा ईन्द्रबहादुर बानियाँले पहिलो स्थानमा रहँदै ९ सय ९२ मत प्राप्त गरेको थियो भने दोस्रो स्थानमा रहेका जगदिश्वर नरसिंह केसीले ८ सय ७२ मत प्राप्त गरेको थियो ।

तेस्रो स्थानमा रहोका प्रधानले १ सय ९७ मत प्राप्त गरेको थियो। दोस्रो चरणको निर्वाचन आइतबार बिहान ११ः३० बजेबाट सुरु गर्ने निर्वाचन समितिले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको