रौतहटमा नगरपालिकाद्धारा छात्रालाई साईकल वितरण

लोकखबर
२०७८ मंसिर १९, आईतवार १४:३७

मकवानपुर । कटहरिया वडा नम्बर ७ स्थित रहेको माध्यमिक विधालय बगहीमा साइकल वितरण गरिएको छ ।

प्रदेश नम्बर २ जिल्ला रौतहटको कटहरिया नगरपालिकाद्धारा बगही मा.वि.को कक्षा १० मा अध्ययन रत रहेका ५३ जाना छात्राहरुलाई साईकल वितरण गरिएको हो ।विधायल जान, आउन समस्या भैइरहेको भन्दै ५३ जना छात्रालाई साइकल वितरण गरिएको हो ।

नगर प्रमुख सियाराम प्रसाद कुशवाहाका अनुसार छात्राहरुको पढ़ाइमा उत्सुकता जगाउन्ने उदेश्यले साइकल वितरण गरिएको हो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, योजना शाखा प्रमुख रामनरेश यादव, शिक्षा संयोजक अनिल निधि, सहायक संयोजक सुरेन्द्र ठाकुर तथा विद्ययालयल प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको