प्रजातन्त्रवादी नेतृ सुकीलाई चार वर्षको जेल सजाय
वर्माकी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय तोकिएको छ। म्यानमारको सैनिक सरकारले नेतृ सूचीलाई सोमबार चार वर्ष जेल सजाय सुनाएको हो। उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन्।
उनीमाथि असन्तुष्ट समूहलाई उक्साएको र राष्ट्रिय विपद् कानुनअन्तर्गत सरकारले जारी गरेको कोभिड नियम उल्लंघन गरेको अभियोग लगाइएको छ। यसबाहेक उनीविरुद्ध ११ अारोप लगाइएको छ। सुकीले अाफूमाथि लगाइएका सबै अारोप अस्वीकार गर्दै अाएकी छिन्।
फेब्रुवरीमा सेनाले कु गर्नुअघि ७६ वर्षीया सुकीले नागरिक सरकारको नेतृत्व गरेकी थिइन्। निर्वाचनमा व्यापक धाँधली गरेको सेनाले अारोप लगाउँदै अाएको छ। सरकार अपदस्थ गरेपछि उनलाई सेनाले घरमै नजरबन्दमा राखेर विभन्न अारोपमा मुद्दा लगाउँदै अाएको थियो।











































