दुर्घटनामा परि दुईको मृत्यु

लोकखबर
२० मंसिर २०७८, सोमबार १५:२०

धनगढी । बाजुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आइतबार बेलुका सदरमुकाम मार्तडीदेखि अमकोट जाँदै गरेको अटो बडीमालिका नगरपालिका–८ को सुवाकाधमा सडकबाट भिरमा २ सय मिटर तल बुढीगंगा नदीमा खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बुढीगंगा नगरपालिका–१ अमकोटका ६० वर्षीय खगेन्द्र पाध्याय र अन्दाजी ५२ वर्षीय प्रकाश नेपाली रहेका प्रहरीले जनाएको छ । पाध्याय अम्कोट जनप्रभाव प्राथमिक विद्यालयका पूर्वप्रधानाध्यापक समेत हुन् भने प्रकाश नेपाली नेकपा एमाले बुढीगंगा नगर कमिटीका सदस्य हुन्। घाइतेको पहिचान हुन सकेको छैन। अटो चालक फरार छन्। घाइतेहरूको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुरा प्रहरीले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*