टिपरको ठक्करमा परि आमा–छोराको मृत्यु

लोकखबर
२० मंसिर २०७८, सोमबार १५:२२

बुटवल । प्यूठानमा टिपरको ठक्करबाट अटोरिक्सामा सवार दुई जनाको मृत्यु भएको छ ।

चकचकेबाट बिजुवारतर्फ जाँदै गरेको न ८ ख ३९०३ नम्बरको टिप्परले रा १ ह ५७०७ नम्बरको अटोरिक्सालाई माण्डवी गाउँपालिका–५ चकचके–चेरनेटा सडक खण्डमा ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा प्युठान नगरपालिका–३ घुर्चनेका ३५ बर्षका अमृत थापा र उनका ४ बर्षका छोरा सुशान्त थापा रहेका छन् ।

टिपरको ठक्करबाट उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ई–रिक्सामा सवार प्यूठान नगरपालिका–३ कि ८ वर्षकी दुर्गा थापा, ३० बर्षकी पुनम थापा, १६ बर्षकी विपना थापा र १० बर्षकी सुष्मा थापा घाइते भएका प्रहरीले जानकारी दिएको छ । उनीहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*