उम्मेदवारी दर्ता गर्न राष्ट्रिय सभागृह पुगे प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा आगामी नेतृत्वका लागि सभापतिको उम्मेदवारी दिन पुगेका छन् ।
राष्ट्रियसभागृहमा उनी सभापतिको उम्मेदवारी दिन पुगेका हुन् । यसअघि नै पाँच जनाले सभापतिको उम्मेदवारी दर्ता गरिसकेका छन् ।
अब देउवा सभापतिको उम्मेदवारी दर्ता गर्नेहरूमध्ये छैठौं हुन् । उनले आगामी निर्वाचनमा एक नम्बरको पार्टी बनाउनका लागि पनि आफूलाई सभापतिमा निर्वाचित गर्न अनुरोध गरेका छन् ।











































