बागमती प्रदेशसभा बैठक अगामी ७ मा बस्ने

लोकखबर
२०७८ मंसिर २५, शनिबार १६:४९

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आगामी पुसको ७ गते बस्ने भएको छ । प्रदेशसभाको नवौँ अधिवेशनको सातौँ बैठक पुस ७ गते दिउँसो १ बजे बस्ने सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

यसअघि प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएसँगै प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।

साथै सचिव खड्काले दिनुभएको जानकारीअनुसार यही पुसको पहिलो हप्तामा प्रदेशसभाका विभिन्न समितिको बैठक पनि बस्ने भएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको