एमसिसीको विरोधमा २८ गते चितवन बन्दको घोषणा

लोकखबर
२०७८ मंसिर २५, शनिबार १७:०५

चितवन । एमसिसीको विरोधमा चितवन बन्दको घोषणा गरिएको छ । एमसीसी खारेजी अयिभान संयुक्त संघर्ष समिति चितवनले आज पत्रकार सम्मेलन आयोजना गरी यही मंसिर २८ गते चितवन बन्दको घोषणा गरिएको छ ।

२८ गते संसदको बैठक आह्वान गरिएको दिनमै बन्दको घोषणा गरिएको संघर्ष समितिका सचिव अजिव पौडेलले बताए । उनले चितवन बन्दका लागि १३ दलको समर्थन रहेको दावी गरेका छन् ।

नेपाल र नेपालीको हित विपरीत भएको कारणले एमसिसीको विरोधमा उत्रनु परेको संघर्ष समितिका संयोजक फणिन्द्र आचार्यले बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको