लागुऔषध खैरो हेरोईन सहित २ जना नियन्त्रणमा

लोकखबर
२०७८ मंसिर २५, शनिबार १७:३२

मकवानपुर । लागुऔषध खैरो हेरोईन सहित २ जनालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

शनिबार ६ ग्राम ४८० मिलिग्राम लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित २ जना नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका-१५ रातोमाटे चेकप्वाईन्ट स्थितमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले चेकजाच गर्ने क्रममा बिरगंज तर्फबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना ५ ख ४८०२ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्दा उक्त बसमा सवार जिल्ला चितवन रत्ननगर नगरपालिका वडा नम्बर २ टाँडी बस्ने  ५२ वर्षिय नारायण खड्कालाई शंका लागी चेकजाच गर्दा निजले लुकाईछिपाई ल्याएको लागुऔषध खैरोहेरोईन जस्तो देखिने पदार्थ ५ ग्राम २८० मिलिग्राम फेला परेको हुनाले निजलाई उक्त लागुऔषध जस्तो देखिने पदार्थ सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो। त्यस्तै हेटौंडा उपमहानगरपालिका वडा नम्बर-११ सहिद स्मारक गेट नजिक शंकास्पद रुपमा हिंडिरहेको जिल्ला चितवन राप्ती नगरपालिका वडा नम्बर ७ निवासी ३५ वर्षिय अर्जुन अधिकारीलाई चेकजाँच गर्दा निजको साथबाट लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम २०० मिलिग्राम फेला परेको हुँदा निजलाई उक्त लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता नायब उपरीक्षक प्रहरी जयश्वर रिमालले जनाएको छ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको