आदिवासी जनजाति आयोगले प्रदेश प्रमुख शर्मालाई बुझाए वार्षिक प्रतिवेदन
मकवानपुर । आदिवासी जनजाति आयोगले बागमति प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई वार्षिक प्रतिवेदन २०७७-०७८ बुझाएको छ । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर नेतृत्वको टोलीले हेटौंडा -१० स्थित प्रदेश प्रमुखको कार्यालयमा आयोगको वार्षिक प्रतिवेदन बुझाएको हो ।
टोलीमा सदस्य सुर्यबहादुर गुरुङ, सचिव भोला दाहाल लगायत रहेका थिए । यसैबीच आदिवासी जनजाति आयोगका अध्यक्ष मगर, सदस्य गुरुङले मकवानपुरका आदिवासी जनजाति संस्थाका प्रतिनिधिसँग छलफल गरेका छन् ।
आदिवासी जनजातिको अबस्था, समस्या र जनगणनाबारे
आयोगको एक टोलीले चाँडै मकवानपुरको चेपाङ जातिको अध्ययन गर्ने समेत बताईएको छ । सडक, खानी लगायतका कारण आदिवासी जनजातिको बसोबास उठाउने कार्यविरुद्ध उजुरी दिन आयोगका सदस्य गुरुङले आग्रह गरे ।
नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।











































