मनहरीको सुनाचुरीमा टासी देछ्यन छ्योईलिङ्ग गुम्बाको कम्पाउन्ड घेर्ने
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर -६ सुनाचुरीमा टासी देछ्यन छ्योईलिङ्ग गुम्बाको लागि कम्पाउन्ड घेर्ने भएको छ ।
मनहरी गाउँपालिकाको समन्वयमा रु. ९ लाखको योजनामा कम्पाउन्ड घेर्ने कार्य हुने भएको हो । उक्त आयोजनाको बारेमा बोल्नुहुदै टासी देछ्यन छ्योईलिङ्ग गुम्बाका अध्यक्ष तथा आयोजना समितिका अध्यक्ष राम बहादुर योन्जनले अहिले चौपयाहरुको जथाभावी प्रवेशले गर्दा धार्मिक स्थल वरपर फोहोर हुने, बिरुवाहरु नास गरिदिने भएको कारण कम्पाउन्ड घेरेपछी यस प्रकारको समस्याहरु टाडा हुने बताए ।
उनले गुम्बा निर्माणका कार्यहरु थप हुदै जाने प्रतिबद्धता गरेको छ । त्यस्तै आयोजना समितिका कोषाध्यक्ष शेषमान थिङ्गले कार्य गर्ने ठेक्का सम्झौता भईसकेको र अब काम सुरु हुने दिशामा अगाडि बडिसकेको बताए ।
उनका अनुसार आवस्यक निर्माण सामग्रीहरु सिमेन्ट, छ्ड, ढुङ्गा, बालुवा, ग्रावेल इत्यादी झारिसकेको बताए ।
” यस कार्यबाट गुम्बाको सौन्दर्य अझ बड्न जाने र धर्ममा आस्था राख्ने भक्तजनहरुको आकर्षण बड्दै जानेमा पुर्ण बिस्वास छु ।” स्थानिय सिताराम मुक्तान बताएका छन् ।
सुनाचुरी चौकिटोलमा रहेको उक्त धार्मिक स्थल गुम्बा भवन निर्माणको लागि पालिकाले यस अघि नै आ.व ०७४/०७५ मा बजेट बिनियोजन गरेको थियो ।
१३२ मिटरको कम्पाउन्ड योजना काम सुरु भएको मितिले डेढ महिनाभित्र सम्पन्न्न गर्ने लक्ष्य रहेको छ ।











































