लागुऔषध गाँजा र बोलेरोसहित २ जना प्रहरीको फन्दामा
मकवानपुर । लागुऔषध गाँजा र बोलेरोसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी टोलीले मनहरी गाउपालिका वडा नम्बर ९ स्थित पूर्ब पश्चिम लोकमार्ग सडकखण्डमा मनहरी तर्फबाट हेटौडा तर्फ आउदै गरेको ना. ५ च २३६१ नम्बरको बोलेरो पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा बोलेरोको माथिल्लो भागमा त्रिपालले छोपी लुकाई छिपाई ल्याएको ३५ किलो ४०० ग्राम लागुऔषध गाँजा फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार- बोलेरोको चालक जिल्ला सर्लाही लालबन्दी नगरपालिका वडा नम्बर ५ निवासी २२ वर्षिय किरण घिमिरे र गाडीमा सवार जिल्ला सिन्धुली हरिहरपुरगढी गाउपालिका वडा नम्बर ७ घर भई हाल सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर ५ बस्ने आन्दाजी २५ वर्षिय तामाङ थिङलाई गरिएको हो।











































