कोरोनाविरुद्ध खोप लगाइदिए बापत घुस लिने दुई स्वास्थ्यकर्मी पक्राउ

लोकखबर
२०७८ मंसिर २८, मंगलवार १२:१३

काठमाडौं । कोरोना खोप लगाइदिए बापत घुस लिएको आरोपमा दुई जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरमा महोत्तरी स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट पदमा कार्यरत अजय कुमार साह र कृष्णा कुमार यादव रहेका छन्।

साहले सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएर कोरोना खोप लगाइदिएको उजुरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेको थियो ।

साहको निर्देशनमा यादवले कोभिड–१९ विरूद्धको खोप लगाई दिई सेवाग्राहीबाट २० हजार रुपैयाँ लिएका थिए । घुस लिइसकेको अवस्थामा उनीहरूलाई जनकपुर उपमहानगरपालिका–७ नयाँ बसपार्क, धनुषाबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

उक्त रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको