बजारमा सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । सोमबार स्थिर सुनको मूल्य मंगलबार (आज) भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको हो।
आज सुनको मूल्य तोलामा ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी तोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै सोमबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको तेजावी सुन आज प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदी तोलामा २० रुपैयाँ बढेको महासंघले जनाएको छ। महासंघका अनुसार सोमबार तोलामा १ हजार १९० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार २१० रुपैयाँमा कारोबार भइरहको हो ।











































