मकवानपुरमा आज थप ३ जनामा संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरमा मंगलबार थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १९ जनामा पिसिआर र ३ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः २ जना र १ जना गरी ३ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
पुष्टि हुनेहरुमा २ जना हेटौंडा उपमहानगरपालिका र एक जना मनहरी गाउँपालिका भित्रका रहेका छन् ।
यसैगरी आज थप २ जना संक्रमण मुक्त भएका छन् । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ४६ पुगेको कार्यलयले जनाएको छ । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ६७ जनाको मृत्यु भएको छ ।











































