प्रतिनिधिसभा बैठक आउँदो पुस ६ गते बस्ने

लोकखबर
२०७८ मंसिर २८, मंगलवार १५:०७

प्रतिनिधिसभाको अर्को बैठक आउँदो पुस ६ गते बस्ने भएको छ ।

एमाले सांसदहरुले नाराबाजी गरेपछि पुस ६ गते मंगलबार दिनको १ बजे बैठक बस्ने भएको हो ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट संसदको १०औँ अधिवेशन सुरु भएको पत्र वाचन गरेका थिए ।

एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले संसद् अवरुद्ध गर्दै आएको छ ।

संसदको नवौँ अधिवेशनका सबै बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेका थिए ।

मंगलबारबाट सुरु भएको १०औँ महाधिवेशनको पहिलो बैठकमा पनि उनीहरुले नाराबाजी गरेका हुन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको