लागुऔषध ट्याब्लेटसहित ६ जना प्रहरीको फन्दामा

लोकखबर
२०७८ पुष २६, सोमबार १८:०८

मकवानपुर । लागुऔषध ट्याब्लेटसहित ६ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले सुचनाको आधारमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मास्टरचोक स्थित शंकर के.सी.को घरमा डेरा गरि बस्ने २५ वर्षीय बिशाल बि.क.को कोठामा चेकजाँच गर्दा ९७ ट्याब्लेट नाइट्रोजेप्म, १४८ क्यापसुल निमाडोल, १६ ट्याब्लेट स्टागंन,१२ ट्याब्लेट सियोना २, १६ ग्राम लागुऔषध गाँजासहित ६ जनालाई मकवानपुर प्रहरीले आफ्नो नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सुनसरीको २५ वर्षीय बिशाल बि.क., सोही निवासी २० वर्षीय राज खत्री, २३ वर्षीय रोमन थापा मगर, २१ वर्षीय निरन राई, २२ वर्षीय प्रजेन महर्जन र हेटौडा १० बस्ने १८ वर्षीय सुमित कुमार बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

एउटै कोठामा रहेका सबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकोछ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको