विपन्न सहकारी अध्यक्षमा सुमन

लोकखबर
२०७८ पुष २६, सोमबार १८:१२

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थितमा रहेको विपन्न सहकारी संस्था लिमिटेडको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सिमलटारस्थित उक्त सहकारीको आइतबार सम्पन्न साधारणभाले कमलचन्द्र भुर्तेल (सुमन) को अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

सहकारी उपाध्यक्षमा सीताराम श्रेष्ठ, सचिवमा पेमा दोर्जेघिसिङ, सहसचिवमा आशा दर्लामीमगर, कोषाध्यक्षमा लक्ष्मी भण्डारी चयन भएका छन् । सदस्यमा क्रमशः सोनु लामा, रमेशबहादुर कुमाल, नानीमैया थिङ, शर्मिला लामा, पार्वती खुलाल र दुर्गा पोखरेल चयन भएका छन् । लेखासमिति संयोजकमा भने पुनः यदु पोखरेल चयन भएको निर्वाचन समितिको संयोजक गोबिन्द्रप्रसाद (जी) न्यौपानेले बताए ।

संस्था अध्यक्ष दुदूमाया थापाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उद्योग, पर्यटन, रोजगार तथा सहकारी प्रवद्र्धन शाखा प्रमुख हिमप्रसाद पौडेलको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा हेटौंडा–११ की वडा सदस्य जुना दाहाल, सिमल्टार टोल विकास संस्था अध्यक्ष मधुकुमार थापामगरलगायतको उपस्थिति थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको