कटहरिया नगरपालिकाका सामुदायिक विद्यालयहरुमा अर्द्ध र बार्षिक परिक्षा स्थगित

लोकखबर
२०७८ पुष २६, सोमबार २१:२६

मकवानपुर । मुलुकमा पछिल्लो समयमा कोभिड-१९ को जोखिम पुर्ण रुपमा बदेसंगै रौतहट जिल्लाको कटहरिया नगरपालिका भित्र पर्ने सबै बिधालयहरुको वार्सिक परिक्षा स्थगित गरिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबारदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको कारण  सोमबारदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय हो।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को सिफारिसका आधारमा मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । ‘हालैका दिनमा कोभिड–१९ को सङ्क्रमण तीव्ररूपमा फैलिनाका साथै ओमिक्रोन भेरियन्टको सङक्रमणसमेत बढ्न थालेकाले विद्यार्थीको स्वास्थ्य तथा  सुरक्षाका लागि विशेष ध्यान दिँदै देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयको वार्षिक बिदामा मिलान हुने गरी बिधालय बन्द गर्ने निर्णय गरिएको हो ।

यसै सन्दर्भमा कटहरिया नगरपालिका अन्तर्गत संचालित सम्पूर्ण सामुदायिक विद्यालयहरुमा सोमबारदेखि संचालित हुने भनिएको अर्द्ध बार्षिक परिक्षा अर्को सूचना प्रकाशित नहुने समयसम्मकालागी स्थगन गरिएको कटहरिया नगरपालिका प्रमुख प्रसासकिय आधिकृत रामप्रकाश साहले जनाएको छ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको