लागुऔषध गाँजा र गाडीसहित एक युवक पक्राउ

लोकखबर
२०७८ पुष २७, मंगलवार १३:३३

मकवानपुर । लागुऔषध गाँजा र गाडीसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार (हिजो) करिब १८ः०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुखलाई प्राप्त बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुबाट खटिएको बिशेष टोली र प्रहरी चौकी भैंसे मकवानपुरबाट खटिएको प्रहरी चेकिङ्ग टोलिले भिमफेदी गाउँपालिका वडा नम्बर २ भैंसे स्थित चेक पोष्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा थाहा नगरपालिका वडा नम्बर २ निवासी ३० वर्षीय गाडीका चालक रामचन्द्र सिंतान रहेको छ । उनलाई प्रहरीले पालुङ तर्फबाट हेटौडा तर्फ आउँदै गरेको प्रदेश ३-०१-००२२ च ३५५६ नम्बरको पिकअप गाडिमा ल्याएको लागुऔषध गाँजा १८३ किलो र गाडीसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको