पर्सा प्रहरीद्धारा तपाईको माक्स खोई अभियान आजबाट पूर्ण संचालनमा
मकवानपुर । तपाईको माक्स खोई अभियान पर्सा प्रहरीले आजबाट पूर्ण संचालनमा ल्याइएको छ ।
कोरोना भाईरस (कोभिड-१९) को तेस्रो चरण ओमिक्रोणबाट बच्नका लागि सर्वसधारणमा सचेतना फैलाउन तथा आफू सुरक्षित हुनको निमित्त भिडभाड नगर्ने, नगराउने घरबाट बाहिर निस्किदा अनिवार्य रूपमा माक्सको प्रयोग गरौ, आफू बचौ अरूलाई बचाऔ भन्ने नारा लगाउदै माक्स वितरण गरेको हो ।
विश्व लगायत नेपालमा पनि पछिलो दिनहरुमा संक्रमित हुँनेको संख्या बढेसंगै जिल्ला प्रहरी कार्यालय पर्साले आईतबारदेखि चोक चोकमा माईकिङ गर्दै आएको थियो र आज (मंगलबार) बाट तपाईको माक्स खोई अभियान पूर्ण संचालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता नायव उपरिक्षक प्रहरी ओमप्रकाश खनालले बताए ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय पर्साको आफ्नै लगानीमा आजबाट चोक, बजार तथा अन्य सबै स्थलहरुमा ७२ हजार पिस माक्स वितरण गर्ने योजना रहेको छ भने हालसम्म ५ हजार पिस माक्स वितरण गरि सकेको बताए ।
उनले भने अब प्रहरीले यती गरे पनि जनताहरुले आफ्नो जिम्मेवारी नबुझी विना माक्स आवत-जावत गरेमा कोभिड-१९ ऐन अनुसार कारवाही तथा सजाय गर्ने छौँ । सबैले यो महामारीको समयमा आ-आफ्नो साकारात्मक भूमिका खेली प्रहरीलाई सहयोग गर्न अनुरोध समेत गरेका छन् ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमूख जिल्ला अधिकारी उमेश कुमार ढकाल, नेपाली सेनाका प्रमुख सेनानी मनोज कार्की, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्ने लगायतको सहभागिता रहेको थियो ।











































