हेटौँडाले भुल्न नहुने आजको दिन, जुन दिन हेटौँडा प्रदेशको राजधानी भयो
मकवानपुर । नेपालमा संघियताको अभ्यास भएपछि हेटौँडाले २०७६ साल पुस २७ गते महत्वपूर्ण उपलब्धी हाँसिल गर्न सफल बनेको थियो । तत्कादिन प्रदेश तीनको नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम भएको दिनलाई हेटौँडाले उत्सवको रुपमा मनाउन पर्नेमा आजको दिनलाई हेटौँडाले भूलेको देखियो । २०७६ साल पुस २७ गते बसेको प्रदेशसभाको बैठकले प्रदेशको स्थायी मुकाम र नाम तय गरेको थियो ।
प्रदेशको नाममा एउटा मात्र प्रस्ताव बागमती दर्ता भएको थियो । कांग्रेस संसदीय दलका नेता ईन्द्र बाँनियाले राखेको प्रस्तावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रमुख सचेतक रामेश्वर फुयाल, विवकेशील साझाका रमेश पौड्याल र शोभा शाक्य, राप्रपाकी रीता माझी र राप्रपा संयुक्तकी रीना गुरुङ समर्थक थिए । प्रस्तावको पक्षमा १०८ मत परेको परेको थियो ।
यस्तै प्रदेशको स्थायी राजधानीमा हेटौंडा कायम गर्ने प्रस्ताव दुई तिहाई बढी मतले पास भएको थियो । मुख्यमन्त्री डोरमणि पौडेलले दर्ता गरेको प्रस्तावमा कांग्रेसका बाँनियासँगै राप्रपाकी माझी र राप्रपा संयुक्तकी गुरुङ समर्थक थिए ।
प्रस्तावको पक्षमा १०४ मत परेको थियो भने विपक्षमा तीन । विवेकशील साझाका तीन सांसदले काभ्रेको धुलिखेललाई स्थायी राजधानी बनाउने प्रस्ताव दर्ता गरेका थिए । तर प्रदेशसभाले यो प्रस्तावले बहुमतले अस्वीकृत गरेको थियो ।











































