नारायणहिटी दरबार सञ्चालन समितिका निर्देशक दाहालद्वारा राजीनामा

लोकखबर
२०७८ पुष २७, मंगलवार १६:०५

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् ।

नारायणहिटी दरबार परिसरको जग्गा बतास समूहलाई ठेक्कामा दिएको विषयको विवादमा मुछिएपछि दाहालले राजीनामा दिएका हुन् ।

यो ठेक्काको छानबिन गर्न मन्त्रालयले बनाएको एक छानबिन समितिले दाहालले जिम्मेवारी पूरा नगरेको र छानबिनको दायरामा ल्याउनुपर्ने निष्कर्ष निकालेपछि दाहालले राजीनामा दिएका हुन् ।

छानबिन समितिले दाहाललाई कारवाही गर्न सिफारिस गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता टोकराज पाण्डेले दाहालको राजीनामा आएको जानकारी दिए ।

पाण्डेले भने, ‘कारण के भन्ने विषय मलाई जानकारी नगराएको भए पनि राजीनामा दिएको विषयमा भने मैलै पुष्टि गरे ।’

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको