मुख्य सिजनमै तरुलको बिक्रीमा कमि

रन्धिर साह
२८ पुष २०७८, बुधबार १४:३८

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित फलफूल तथा तरकारी थोकबजारमा यसवर्ष तरुलको बिक्री कम भएको व्यवसायीहरुले बताएका छन् । तरुललाई विशेषगरी जाडो मौसममा खाने गरिन्छ । अझ माघे संक्रान्तिका दिन तरुल खानैपर्ने मान्यता रहेको छ । तर, यसवर्ष माघे संक्रान्तिका लागि पनि गतवर्षको तुलनामा तरुलको बिक्रीमा कमी आएको व्यवसायीको भनाई छ ।

विगतको तुलनामा यसवर्ष तरुलको बिक्रीमा कमी भएको तरकारी तथा फलफुल व्यवसायी संघ मकवानपुरका अध्यक्ष खड्गबहादुर मोक्तानले बताए । माघे संक्रान्ति तथा मगर संक्रान्ति पर्वमा तरुल धेरै बिक्री हुने भएपनि यसवर्ष हेटौंडा बजारमा तरुलको माग कम भएको उनले बताए । थोक बजारबाट नै थोरै–थोरै बिक्री भइरहेको उनको भनाई छ ।

हेटौंडा बजारमा तराईबाट धेरै परिमाणमा तरुल बिक्रीका लागि ल्याउने गरिएको छ । मकवानपुर जिल्लाको भीमफेदी, सुकौरा, निवुवाटारलगायत क्षेत्रबाट पनि तरुल बिक्रीका लागि आउने गरेको अध्यक्ष मोक्तानले बताए । किसानहरुले तरुल बिक्रीका लागि ल्याएपनि सोचेजस्तो बिक्री हुन नसकेको उनले भने ।

आफैंले खेती गरेको तरुलभन्दा वन तरुलको बिक्री बढी हुने गरेको मोक्तानले बताए । यसवर्ष थोक बजारमा घर तरुल (पंलाङ तरुल, पात्ले तरुल र हाथि बाईले तरुल) को प्रतिकेजी ५० देखि ६० रुपैयाँ र वन तरुलको प्रतिकिलो एक सयदेखि १२० रुपैयाँ तथा खुद्रा मूल्यमा एकसय १५० रुपैयाँसम्म बिक्री भएको मोक्तानले बताए ।

उनका अनुसार माघे संक्रान्ति पर्व हामी नेपालीहरुले लामो समयदेखि मनाइदै आएका तथा रितिरिवाजका कारण यसको विक्रि धोरै भएता पनि विक्रि हुने गरेको छ । तरुल खाद्यनरहित भएका कारण यसले स्वास्थ्यमा धेरै राम्रो असर गर्ने भएका कारण पनि माघे संक्रान्तिमा तरुल र नारिवल मिसाएर खाने प्रचलन चल्दै आएको बताए ।

सीएनस्थित तरकारी मन्डीका व्यवसायी संगीता पराजुलीले सर्लाहीबाट तरुल ल्याएर ७० देखि ८० रुपैयाँ प्रतिकेजी खुद्रा बिक्री गरिरहेको भए पनि बिक्री नभई त्यतिकै राख्नुपरेको बताए । यो वर्ष तरुलको व्यापार कम भएको उनले भने ।

टीसीएनकै तरकारी व्यवसायी केशरीमाया डंगोलले पुस र माघमा मात्रै तरुलको बिक्री हुने बताए। उनले पुस र माघ महिनामा बिक्री नभएको तरुल खेर जाने भन्दै गत वर्षको तुलनामा यो वर्ष तरुलको खपत कम भएको बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*