बाटो साघुरोका कारण सवारी आवतजावतमा समस्या

रन्धिर साह
२९ पुष २०७८, बिहीबार १६:३०

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित टिसिएन रोडको बाटो साघुरो भएका कारण सवारी साधन आवत-जावतमा समस्या भएको छ ।

स्थानीय राजकुमार कार्की भन्छन्-सडक साघुरो छ । साघुरो सडकसंगै पार्किङको व्यवस्था नगरेका कारण यहाँ जाम लाग्ने गरेको उनले बताए । सडकमा भारी मालवाहक सवारी साधन गुडेको तथा बाटो मर्मतमा चासो नदेखाएका कारण यस्ता समस्याहरु सिर्जना हुने गरेको उनको भनाईछ ।

उनले भने-हामीहरुले स्थानीय सरकारलाई पटक पटक भन्ने गरेका छौँ कि भारी मालबाहक सवारी साधन तथा बाटो फराकीलो बनाउनका लागि तर कसैले सुनेका छैन् । वि.सं.२०७६ मंसिर २७ गते हामीहरुले बाटो बन्द गरेर विरोधमा पनि उत्रेका थियौँ । तर, परिनाम केही नआएको उनले बताए ।

अटो चालक हरिओम शाहले भने हामीहरुले ५ मिनेटको बाटोमा २० मिनेटसम्म कुरेर बस्नु पर्ने बाध्यता रहेको छ । सिमाचोकबाट हेटौंडा बस पार्क जान कहिले काही ३० मिनेटसम्म लाग्ने गरेको बताए । कुनै कुनै समयमा ट्राफिक प्रहरी हुन्छ तर, उनीहरुले पनि कुनै चासो न देखाएको गुनासो गरे । ठुला ठुला सवारी साधनहरु बीच बीचमा रोकेका कारण तथा पार्किङको राम्रो व्यवस्था नभएका कारणले बेला बखत बाटो जाम हुने गरेको उनले बताए ।

यो समस्या तर्फ सम्बन्धी व्यक्तिहरु तथा सरकारवालाले पनि ध्ययान नदिएको गुनासो गरे । बाटोलाई अली फराकीलो तथा मालबाहक सवारीहरुलाई अर्को बाटोबाट आवत-जावत गर्ने व्यवस्था मिलायो भने यो समस्यामा केही सुधार हुने उनको भनाई छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*