लागुऔषध चरेशसहित १ जना महिला पक्राउ

लोकखबर
२९ पुष २०७८, बिहीबार १६:४६

मकवानपुर । लागुऔषध चरेशसहित १ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार (हिजो) करिब १९ः०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकी ईनर्वा पर्साबाट वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित रहेको शंकराचार्य गेटमा खटिएको नियमित चेकिङ टोलीले नेपालबाट भारतको रक्सौलतर्फ पैदल जाने क्रममा शंका लागि रोकी चेक जाँच गर्दा १० किलो लागुऔषध चरेशसहित एक जना महिलालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहट जिल्लाको पिपरीया परोवा नगरपालिका वडा नम्बर ९ बंकुल टोल निवासी रामबाबु साह कलवारको श्रीमती ४२ वर्षीय रंजु देवीलाई शरीर खानतलासी गर्दा निजले प्याकेट बनाई आफ्नो ढाड, खुट्टामा पहेलो रंगको कपडाको डोरीले बाँधी अड्काई राखेको र निजले लगाएको ज्याकेटको दुबै तर्फको खल्तीमा लुखाइछिपाई ल्याएको लागुऔषध चरेश १० के।जी। फेला परेकोले जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*