मकवानपुरमा आज ७१ जनामा कोरोना

लोकखबर
२९ पुष २०७८, बिहीबार १६:५४

मकवानपुर । मकवानजपुरमा आज थप ७१ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ८० जनामा पिसिआर र ४९ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ५४ जना र १७ जना गरी ७१ जनामा कोरोना पुष्टि भएको स्वास्थय कार्यलय मकवानपुरले जनाएको छ ।

पुष्टि हुनेहरुमा सबैभन्दा बढी ५१ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । यसैगरि, भीमफेदीका ९ जना, मनहरीका ७ जना, मकवानपुरगढी र थाहाका २-२ जना रहेका छन् ।

जिल्लामा पछिल्लो २४ घण्टामा ३ जनाले संक्रमणलाई जितेका छन् । जिल्लामा हाल २ सय ७७ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*