नेपालमा आज ३५५३ जनामा कोरोना, १ को मृत्यु

लोकखबर
२९ पुष २०७८, बिहीबार १६:५६

मकवानपुर । नेपालमा आज थप ३ हजार ५ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा गरिएको परीक्षणमा थप ३ हजार ५ सय ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थय मन्त्रालयले जनाएको छ ।

यसैगरि,सोहि समयमा थप २ सय ७१ जनाले संक्रमणलाई जितेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण एक जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाको कारण ११ हजार ६ सय १० जनाको मृत्यु भएको छ ।

नेपालमा हाल १४ हजार ३ सय ४० जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*