हेटौंडा पालिकाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

लोकखबर
२९ पुष २०७८, बिहीबार १७:३६

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित वनदेवि माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा न्यानो कपडा वितरण गरिएको छ ।

उपमहानगरपालिकाका प्रमख हरिबहादुर महतले उक्त विद्यालयमा अध्ययनरत २ सय ५० जना विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा न्यानो कपडा वितरण गरेका हुन् ।

पजाडो समयमा पनि आर्थिक समस्याका कारण पातलो कपडा लगाएर विद्यालयमा आउनुपर्ने बाध्यता भोग्दै आएका यहाँका दलित, जनजाती र विपन्न परिवारका बालबालिकाहरुलाई वितरण गरिएको मेयर महतले बताए ।

उनले उपमहानगरपालिकाले पढ्न नपाएका आर्थिक कमजोर भएको परिवारका बालबालिकालाई पढ्नका लागि सहयोग गर्दै आएको बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*