बागमती प्रदेश प्रमुख शर्माद्वारा माघे संक्रान्तिको शुभकामना

लोकखबर
१ माघ २०७८, शनिबार ०८:२७

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मनाइदै गरिएको माघे संक्रान्ति पर्व अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

भौगोलिक,जातीय र सांस्कृतिक विविधताले भरिपूर्ण देश नेपालमा माघे संक्रान्तिलाई उत्साहपूर्वक मनाउने समुदायका लागि प्रदेश प्रमुख शर्माले शुभकामना व्यक्त गरेका हुन् । शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले सबै समुदायले मनाउने चाडपर्वहरु राष्ट्रिय पर्व भएको उल्लेख गरेका छन् । उनले शुभकामना सन्देशमा भनेका छन्,‘यस्ता पर्वहरुले हामी नेपालीलाई सहिष्णुतापूर्वक एउटै सुत्रमा बाँध्ने काम गरेको छ । यस सन्दर्भमा सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने आजको दिनलाई मकर संक्रान्ती वा माघीपर्वका रुपमा मनाइने गरिएकाले यसको आफ्नै विशेषता र सांस्कृतिक महत्व छ ।’

प्रमुख शर्माले यस पर्वले एक आपसमा सद्भाव, सहिष्णुता र प्रगाढ पारस्परिक सम्बन्ध अभिवृद्दि गराउन थप मदत पुग्नेमा पनि विश्वास व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख शर्माले शुभकामना सन्देशमा कोरोना संक्रमणबाट सुरक्षित रहनका लागि आग्रह पनि गरेका छन् । ‘हामीले मनाउने पर्वहरुको विशेषता र महत्वमा कुनै प्रकारको कमी नहुने गरी कोरोना संक्रमणको जोखिमबाट सुरक्षित रहन स्वास्थ्य मापदन्डको पालना गर्दै चाडपर्वहरु मनाउँन समेत आग्रह गर्दछु ।’ शर्माको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*