युवा संघको महाधिवेशन आयोजक समितिको आर्थिक प्रमुखमा चौलागाई

लोकखबर
२०७८ माघ २, आईतवार १२:५६

मकवानपुर । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको महाधिवेशन आयोजक कमिटीको आर्थिक प्रमुखमा मकवानपुरका सन्तोष चौलागाई चयन भएका छन् ।

युवा संघको पोखरामा भएको सचिवालय बैठकले एमाले केन्द्रीय सदस्यसमेत रहेका अध्यक्ष किरण पौडेलको संयोजकत्वमा महाधिवेशन आयोजक मुल समिति गठन हुँदा युवा संघका केन्द्रीय सदस्य चौलागाई आर्थिक प्रमुख भएका हुन् ।

यसैगरि,सचिवालय बैठकबाट आयोजक कमिटीको सामाजिक विकास प्रमुखमा मकवानपुरकै आरती पाठक,सदस्यहरुमा मिलन पाठक, दिलु घर्ती र रमिला घलान चयन भएका छन् ।

बैठकलले महाधिवेशन सफल बनाउनको लागि ३३ वटा विभागहरु बनाएको छ ।

युवा संघको ९ औं महाधिवेशन आउँदो फागुन ११ गते नेपालगंजमा हुँदै छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको