मनहरीमा टिपरले मोटरसाईकललाई ठक्कर दिँदा एकको मृत्यु

लोकखबर
२०७८ माघ २, आईतवार १२:५९

मकवानपुर । मकवानपुरको मनहरीमा टिपरले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

आज बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी बजारमा मनहरीबाट हेटौंडा तर्फ आउँदै गरेको ना १९ प २३२८ नम्बरको मोटरसाईकललाई सोहि दिशाबाट आएको ना २ क ४३१ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाईकलमा सवार ५५ वर्षीया तारादेवी रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

प्रवक्ता रिमालका अनुसार रेग्मीको उपचाररको क्रममा चितवनमा मृत्यु भएको र मोटरसाईकल चालक भने सामान्य घाईते रहेका छन् । ठक्कर दिने टिपर र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको